२० हजार रूपैयाँले घट्यो सुनको भाउ
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको छ ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
वीरगञ्ज नाका हुँदै ९ महिनामा भित्रिए तीन अर्बको विद्युतीय सवारीसाधन
पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको...
आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम, मुद्रास्फीतिमा भने सुधार
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम अर्थात् ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले सुरुमा ६ प्रतिशतको वृद्धिदर हुने अनुमान गरे पनि अहिले त्...
एलपी ग्यास अभावको हल्ला निराधार : प्रबन्ध निर्देशक भट्ट
काठमाडौं। एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छ...
नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...
सुन तोलामा एकैदिन ७,२०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो !
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा अत्यधिक वृद्धि भएको छ । बिहीबारको तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोलामा एकैचोटि सात हजार दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोलामा एक सय ६५ रुपैयाँले वृद्धि भएको छ। अन्...
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र...



