बिहिबार, २५ असार २०८३
नेपाली

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

Main News Image

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम रु दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो ।

आज चाँदीको मूल्य प्रतिदश ग्राम रु तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन...

बजेट महत्वाकांक्षी र धनी वर्गलाई पोस्ने खालको छ, लक्ष्य पूरा हुँदैन : पूर्व अर्थमन्त्री महत

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट अत्यन्त महत्वाकांक्षी भएको र यसले तल्लो तथा मध्यम वर्गलाई भन्दा धनी वर्गलाई पोस्ने नीति लिएको टिप्पणी गरेका छन् ।

म...

सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै, आज प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । 

शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ ह...

सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरको सूचना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाले बहालमा लिएका घर तथा कोठा खाली गर्न सम्बन्धित पक्षलाई ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिका, कानून तथा मानव अधिकार विभागअन्तर्गत न्यायिक समितिबाट घररकोठा खाली गर्ने भनी भएका...

कान्छारामसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि सहित ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत...

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभा...