शनिबार, ०२ साउन २०८३
नेपाली

सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ

Main News Image

काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार तोलामा तीन हजार रुपैयाँ घटेको थियो । 

गएको बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। आइतबार भने सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको थियो । गएको माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर चाँदीको मूल्य आज तोलाको चार हजार आठसय ८० रुपैयाँमा झरेको छ ।


गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो । चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो । माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो । 


mediabaaji add

सम्बन्धित खबर

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा घट्यो !

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । हिजो यी सबै मुद्राको विनिमयदर...

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । ​​​​​साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९...

डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन् । अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनस...

सुनको मूल्य घट्दा चाँदीको बढ्यो !

काठमाडौँ  । नेपाली बजारमा बुधबार जेठ १३ सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९० हजार ५०० रुपैयाँ कायम छ । मंगलबार ९जेठ १२० छापाव...

एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

...