आजदेखि अण्डाको मूल्य बढ्यो
काठमाडौँ । अण्डाको उत्पादनमा कमी र माग बढेसँगै मूल्य बढाइएको छ । लेयर्स कुखुरापालक संघले फार्म मूल्यका आधारमा वैशाख १ देखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डा एक क्रेट ३० वटाको फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो ४५० रुपैयाँभन्दा १५ रुपैयाँ बढी हो। यस्तै, मझौला अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४०० रुपैयाँ थियो ।
यसअघि गत मंसिरमा अण्डाको मूल्य उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला ५५० रुपैयाँसम्म बिक्री भएको थियो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादन घटेको हो । नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढ्दा अण्डाको माग बढेको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्दा पनि आपूर्ति प्रभावित भएको छ । यी कारणले माग–आपूर्तिको असन्तुलन सिर्जना भई मूल्य वृद्धि भएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
वीरगञ्ज नाका हुँदै ९ महिनामा भित्रिए तीन अर्बको विद्युतीय सवारीसाधन
पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको...
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल...
भारतको अवरोधपछि पूर्वका चिया उद्योग बन्द, ६० हजारको रोजगारी संकटमा
काठमाडौँ । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन् । इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन् ।
<...सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैय...
शुक्रबारको विनिमयदर : कुवेती दिनार सबैभन्दा महँगो, कुन मुद्राको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन ८ गते शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भई एक डलरको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भ...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...



