शनिबार, ०२ साउन २०८३
नेपाली

घट्यो कुखुरा मासुको मूल्य

Main News Image

काठमाडौँ । बजारमा कुखुरा मासुको मूल्य घटेको छ । आज बुधबारदेखि लागू हुने गरी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको महासंघले जनाएको छ ।

जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुरा किलोको २ सय ५० रुपैयाँ थियो ।

यस्तै, तयारी कुखरा मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटेको छ । यसअघि ३ सय ४५ रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले बताए । यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएका कारण मासुको मूल्य घटेको उनले बताए ।

 

mediabaaji add

सम्बन्धित खबर

आज ६ हजार ४० सिलिन्डर ग्यास वितरण गरिदैँ

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन निगरानी बढाउँदै उपभोक्तालाई अनावश्यक भण्डारण स्टक नगर्न आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ग्यासको आयात नियमित र सहज भइरहेको स्पष्ट प...

बिहीबार कुन विदेशी मुद्राको विनियमदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित  विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ ।  हिजो अमेरिकी डलर र कुवेती दिनारको...

सुनको मूल्य तोलामा ३६ सयले घट्यो !

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार ९असार १०० सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा...

शुक्रबार कुन विदेशी मुद्राको विनिमदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको...

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भ...