प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल्लो कानुनी व्यवस्थाअनुसार, ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ पहिलो संशोधन २०७४ अन्तर्गत दर्ता भएका अनलाइन सञ्चार माध्यमहरूको अभिलेख राख्ने र पत्रकार आचारसंहिता पालनासम्बन्धी अनुगमन गर्दै आएको थियो ।
तर, हालै पारित केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ ले ‘छापाखाना तथा प्रकाशन ऐन, २०४८’मा संशोधन गरेको छ र सोही अनुरूप ‘छापाखाना तथा प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२’ नेपाल राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ । यस संशोधनसँगै कानुनी आधार परिवर्तन भएको काउन्सिलले स्पष्ट पारेको छ । नयाँ कानुनी व्यवस्था अनुसार, अब अनलाइन सञ्चार माध्यमको अभिलेख र सूचीकरण गर्ने अधिकार प्रेस काउन्सिललाई नदिइएकोले उक्त कार्य अब काउन्सिलमार्फत नहुने भएको हो ।
प्रेस काउन्सिल नेपालले २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गर्दै अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण प्रक्रिया सुरु गरेको थियो । त्यसपछि नेपाल सरकारले २०७३ चैत ७ गते ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो र त्यसै अनुसार सूचीकरण कार्य निरन्तर चलिरहेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट बिदाइ !
चितवन । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ विदाई गरिएको छ । उपहार पठाइएका ती हात्तीहरूको नाम रूद्रकली र खगेन्द्रप्रसाद रहेको छ । हात्तीहरूलाई वैदिक विध...
रौतहटमा शीतलहर : विपन्न बस्तीको जनजीवन कष्टकर
रौतहट । गत केही दिनदेखि चलेको शीतलहर र अत्यधिक चिसोका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ । बाक्लो हुस्सुसँगै बहने चिसो हावाका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ भने विशेषगरी विपन्न दलित बस्तीहरूमा यसको असर देखिएको छ ।
यहाँका विभिन...
विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वा...
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान, राजमार्गमा अब सास्ती बेहोर्नु नपर्ने !
काठमाण्डौँ । शनिबारदेखि शुरू भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको सङ्ख्या बढ...
दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्...
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न...



