नेपाली बजारमा केराको हाहाकार, अभावसँगै मूल्यमा भारी वृद्धि
काठमाडौँ । नेपाली बजारमा हाल केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैध रूपमा भित्रिने केरालाई व्यवसायीहरूले नै बहिष्कार गरेपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा आउने केरा जनस्वास्थ्यका लागि हानिकारक भएको भन्दै व्यापारीहरूले बिक्रीमा रोक लगाएका हुन् ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको संकुचनका कारण भएको बताए। केही महिनाअघिसम्म भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा बजारमा अभाव नदेखिएको भए पनि संघकै पहलमा त्यस्ता केराको बिक्री वितरणमा कडाइ गरेपछि आपूर्ति एकाएक घटेको उनले जानकारी दिए । नेपालको आफ्नै उत्पादन नगण्य भएको र भारतीय चोरी पैठारीका केरा रोकिएपछि बजारमा अभाव र मूल्यवृद्धि देखिएको उनको भनाइ छ ।
अध्यक्ष बानियाँका अनुसार गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । विशेषगरी ुफाइभ स्टारु होटल र रेस्टुरेन्टहरूले गुणस्तरीय केराका लागि जति पनि मूल्य तिर्न तयार हुँदा बजार अझ महँगिएको उनले स्पष्ट पारे । ग्रेडिङ, प्याकेजिङ र गुणस्तरको अभावका कारण नेपाली उत्पादनले माग धान्न नसकेको उनले स्वीकार गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
विनिमयदर निर्धारण : अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तय गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा पुगेको छ ।
यस...
सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोला...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन य...
अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो, अमेरिकी डलर पनि महँगियो
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ । हिजो अमेरिकी डलर र कुवेती दिनारको...
बजारमा खाना पकाउने ग्यासको अभाव, निगमले थाल्यो केन्द्रीय कार्यालयबाटै बिक्री वितरण
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास एलपीजीको अभाव भएको गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ । विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि...
सरकारले १० अर्बको ९ वर्षे ‘विकास ऋणपत्र २०९१’ निष्कासन गर्दै
काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।
कार्यालयले मङ्गलव...



