शुक्रबार, ०१ साउन २०८३
नेपाली

नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो !

Main News Image

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  ११ दशमलव ५१ अंकले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अंकले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अंकले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी ग...

बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


यता, चाँदी तोलामा ५० रुपैया...

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन गर्ने उद्देश्यले सरकारी कर्मचारी तथा विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको इन्धन सुविधामा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारमा प...

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...

तिहार शुरु भएसँगै बढ्यो फूलको किनबेच, पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै फूलको किनबेच ह्वात्तै बढेको छ । फूल र रङको पर्वका रूपमा रहेको तिहारमा पूजाआजादेखि विभिन्न सामाजिक कार्यसम्म फूलको प्रयोग बढी हुने गर्छ ।नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ...