रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक गरेको छ । रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको नाम सार्वजनिक गरेको छ ।
खसआर्य महिलातर्फबाट प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला, क्रान्तिशिखा धिताल रहेका छन् । यस्तै, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल,प्रभा कार्की,शोभा खनाल,रत्नाकुमारी थापा,ज्ञानु पौडेल र प्रभाव ढकाल गरी १६ जना रहेका छन् । खसआर्य पुरुषबाट रमेश प्रसाईं रहेका छन् ।
थारु महिलाबाट गीता चौधरी र करिश्मा कठरिया गरी २ जना रहेका छन् । यसैगरी थारु पुरुषबाट सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी रहेका छन् ।
मधेशी महिलाबाट पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी र सुनिताकुमारी चौधरी गरी ७ जना रहेका छन् ।
मधेशी पुरुषबाट पुरुषोत्तम शुप्रभात यादव र खगेन्द्र कर्ण रहेका छन् । मुस्लिम महिलाबाट समिना मियाँ, अफ्सना बानु र गजाला शमीम मिकरानी रहेका छन् । यसैगरी दलित महिला रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार डिम्पल, तारा विश्वकर्मा र खिमा विक गरी ७ जना रहेका छन् । दलित पुरुषबाट प्रकाशचन्द्र दर्जी रहेका छन् ।
आदिवासी जनजातितर्फ बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ गरी १३ जना महिला रहेका छन् । आदिवासी जनजाति पुरुषबाट राम लामा, खुश्बुसरकार श्रेष्ठ र मिङमा ग्याबु शेर्पा रहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आउन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ ।
संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अ...
चिकित्सा शिक्षा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।...
भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, हामी विभाजन अस्वीकार गर्छौँ तर आत्म...
आयोगबाट ३ गतेभित्र आधिकारिकता पाउने विश्वास छ : गगन थापा
काठमाडौँ । विशेष महाधिवेशनबाट नेपाली कांग्रेस सभापति चयन भएका गगन थापाले निर्वाचन आयोगले आफूहरूलाई ३ गतेभित्र आधिकारिकता दिने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगमा अद्यावधिक विवरणसहित आधिकारिकताको दाबी गर्न पुगेका थापाले भने, हामीले सम्पूर्ण...
प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...
आइतबारका लागि सारियो प्रतिनिधि सभाको बैठक
प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ । यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो ।
प्रतिनिधि सभा नियमावली, २०८३ को...



