विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो। मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
सिमराको तनावपछि प्रचण्डको अपिल : हिंसा रोकौँ, संयमता अपनाऔँ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बढ्दो तनाव नियन्त्रणबाहिर नजाओस् भन्दै सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उन...
प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी : आग्रहप्रेरित कटाक्ष गरेर तरंगित नबनाउनूस्
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका अर्का नेता प्रदीप ज्ञवालीलाई आग्रह प्रेरित कटाक्ष नगर्न चेतावनी दिएका छन् । हालै सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा पराजित नेता पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक...
वैकल्पिक कम्युनिस्ट शक्ति बनाउन छलफलमा जुटे विप्लव, घनश्याम र जनार्दन
काठमाडौँ । वामपन्थी दलहरूको एकता र विग्रह भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच छलफल भएको...
निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन
काठमाडौँ । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट...
फागुन २१ का निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन् । ‘लगाता...
रवि लामिछानेप्रतिको धारणा सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ : अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । अर्यालले भने, सुशीला कार्की नेतृत्वको सर...



