अरूण नदीमाथिको बेलिब्रिज भत्किँदा मकालु जाने मुख्य मार्ग अवरुद्ध
काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ । निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल पार गर्ने क्रममा संरचना गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
स्थानीयका अनुसार पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भत्किएसँगै उक्त क्षेत्रमा आवतजावत ठप्प बनेको छ । यसै मार्ग हुँदै प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने–आउने गरिन्छ। घटनापछि स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ ।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । तर पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...
देशभर मनसुनी वायूको प्रभाव, सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको कारण देशभर अधिकांश बादल लागेको छ भने विभिन्न ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमा...
देशभर मौसममा बदलाव : मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून च...
हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते
कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...
आज र भोलि सतर्क रहन अपिल, जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित रहन चेतावनी
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढ्दै गएकाले मनसुनी गतिविधि थप स...
नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको...



