शनिबार, ०२ साउन २०८३
नेपाली

आजदेखि यी कम्पनीको आईपीओ खुल्ला

Main News Image

काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता र कर्मचारीहरुका लागि ८० हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन...

नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र पर्यटन बाहेक सबै उपसमूह घटे

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट आएको छ । अघिल्लो दिन सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिँदै १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्ड...

पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्यास भने महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणालीअनुसार समायोजन गर्दै पेट्रोल र डिजेलको भाउ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो ।

नयाँ दररेटअनुसा...

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना तत्काल निर्माण प्रक्रिया थालिनेछ : कुलमान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका...

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ क्रस–बर्डर सेवाको सुरुवात

काठमाण्डौँ । एनएमबी बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठ...