देशभर मौसम प्रणालीको प्रभाव न्यून, अधिकांश भूभागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश...
दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...
कञ्चनजंगा आधार शिविर सुनसान
ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
पर्यटकीय मौसममा पर्यटकले भरिभराउ...



