बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ
काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका ६ घर भएका ३२ वर्षका दिपक रोक्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान सवा ८ बजेतिर बनेपा नगरपालिका ७ चाँदनी चोकमा बाप्र०२०६३प ९१८९ नम्बरको स्कुटरलाई बाप्र०१ ००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा प्रधानको घटनास्थलमै मृत्यु भएको थियो ।
सुरुमा उनको सनाखत हुन सकेको थिएन । पछि सवारी चालक अनुमतिपत्रको आधारमा प्रधानको सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिस्टले जानकारी दिए । मृतकको शव प्रहरीले सिर मेमोरियल अस्पतालमा राखेको छ । स्कुटरलाई ठक्कर दिने टिपरमा स्थानीयले आगो लगाएका छन्। आगजनीको कारण केहीबेर त्यहाँको अवस्था तनाबग्रस्त बनेको थियो ।
स्थानीयको विरोधको कारण अरनिको राजमार्गमा केहीबेर यातायातसमेत अवरुद्ध बनेको थियो। आगजनी भएको टिपरलाई सडकबाट अटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको...
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...
काठमाडौँका दर्जनौँ ठाउँमा आज बिजुली कटौती हुँदै
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
प्राधिकरणका अनुसार...
आज बिहानैदेखी वर्षा, दिनभर कस्तो रहला मौसम ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले देशभर साधरणतया...
काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो
काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो ।
<...कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भूभाग...



