सोमबार, १८ साउन २०८३
नेपाली

नवलपुरघाट दुर्घटना : सुनकोशीमा कारसँगै बेपत्ता चारै जनाको पहिचान खुल्यो

Main News Image

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०८-००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ निवासी करिब २७-२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका अन्य दुई जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको जनाइएको छ। यसअघि प्राप्त जानकारीअनुसार कारसँग सम्बन्धित चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको बताइएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका ६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर...

आज ईद उल फित्र पर्व मनाइँदै

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद...

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...

नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप गर्ने प्रस्ताव अस्वीकार

काठमाडौँ । सशस्त्र प्रहरीको कानुन तहलाई डिआइजी दरवन्दी दिने सरकारले नेपाल प्रहरीलाई भने विभेद गरेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि विभेद गरेको हो । गृह मन्त्रालयले दरबन्दी थपका लागि...

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।

बिदाइका लागि संस्थानले करिब...

पोर्चुगलमा दुई हजार नेपाली संकटमा

काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावास...