बिहिबार, ३२ असार २०८३
नेपाली

मैदान छोडेर भाग्दै पुराना दलका आशालाग्दा नेता, पार्टीमा बुढाकै हालीमुहाली

Main News Image

काठमाडौँ । पुराना राजनैतिक दलमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला व्यवहारमा भने पुरानै पार्टी प्रमुखले रजगज गरिरहेका छन्। केही दलहरुमा पुराना पार्टी प्रमुखहरु फेरि पार्टी प्रमुखमा स्थापित भइसकेका छन् भने केहीमा नयाँ र आशालाग्दा अनुहारहरु बुढाहरुकै जिम्मामा पार्टी छाडेर आफूहरु मैदान छोडेर भाग्न थालेका छन् ।

जेनजी विद्रहका बेला सत्तामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली महाधिवेशनबाटै पार्टी प्रमुखमा स्थापित भइसकेका छन्। एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलेको भए पनि पुस्तान्तरणको बहस गर्नेहरु अल्पमतमा परेका छन् । ओलीलाई अध्यक्ष छाड्न सुझाव दिनेमध्ये केही अन्तिम समयमा ओलीकै पाउमा परे भने उनीसँग चुनाब लड्न तम्सिएका केही पराजित भए ।

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको तत्कालीन नेकपा एकीकृत समाजवादीमा पनि नेतृत्व हस्तान्तरणको बहस चलेको थियो। यी नेताहरुले नेतृत्व हस्तान्तरणको बहसलाई साम्य पार्न महाधिवेशनमा गएर फेरि आफू चुनिने विकल्प रोजेनन्। उनीहरुले पार्टी एकता गर्दै कानुनले महाधिवेशन टार्न दिएको लुपहोल प्रयोग गरेर नेतृत्वमा आफैं स्थापित भए 

देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा भने पुस्तान्तरणको बहसलाई अगाडि बढाइरहेका युवा नेताहरु नै मैदान छोडेर भाग्न थालेका छन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू फागुन २१ को चुनाब नै नलड्ने घोषणा गरेका छन्। अर्का महामन्त्री गगन थापाले भने महाधिवेशन भए मात्र चुनाब लड्ने अन्यथा नलड्ने घोषणा गरेका छन्।

दुई महामन्त्रीको साथमा सहमहामन्त्री बद्री पाण्डेले पनि फागुन २१ लाई तोकिएको चुनाब नलड्ने घोषणा गरेका छन्। उनले नयाँ पुस्तालाई अवसर दिन आफू चुनाब नलड्ने बरु पार्टीको सुदृढीकरणमा लाग्ने बताएका छन्। उनले गृहजिल्ला बाजुराको बैठकमै आफू चुनब लड्न इच्छुक नभएको बताएपछि जिल्लाले पनि उनको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छैन।

mediabaaji add

सम्बन्धित खबर

एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उ...

सिमराको तनावपछि प्रचण्डको अपिल : हिंसा रोकौँ, संयमता अपनाऔँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बढ्दो तनाव नियन्त्रणबाहिर नजाओस् भन्दै सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उन...

पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । नेकपा एमालेका प...

मधेस प्रदेशको रिक्त सभामुख पदका लागि जसपाका राम असिस यादवको उम्मेदवारी

जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदको लागि जसपाका प्रमुख सचेतक राम अशिष यादवले उम्मेदवारी दिएका छन् । मधेस प्रदेशमा सात राजनीतिक दलबीच भएको सहमति अनुसार जसपाका यादवलाई सभामुखको लागि अगाडि बढाइएको हो । 

यादवको उम्मेदवारीमा न...

एमाले महाधिवेशन भाँड्ने सोच नबनाउन ओलीको चेतावनी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै ओलीले पार्टीको महाधिवेशन भाड्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यस्तो सोच नबाउन चेतावनी दिएका...

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छ...