मङ्गलबार, १६ असार २०८३
नेपाली

आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान क्याम्पस तनावग्रस्त

Main News Image

वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।

सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो ।

कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे। ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध र्‍याली निकालेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक...

उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन...

यी तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदे...

चिसोले जनकपुरमा चार दिन विद्यालय बन्द

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आजदेखि चार दिनसम्म बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयमा जाडो ब...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...