सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
काठमाडौँ । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन् । विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका लागि उपस्थित हुन आग्रह गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
काठमाडौँ । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्क...
किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक
काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई किरात समुदायले नयाँ खेतीपातीको सुरुवात र प्रकृतिको आराधना गर्ने वि...
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राख...
खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका आजदेखि पूर्ण रूपमा बन्द
काठमाडौँ । चीनको न्यालम खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार र...
कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही...
उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...



