रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।
बैठकमा भएको छलफलपछि पार्टीका नेता गणेश पराजुलीले महाधिवेशनका बारेमा आधिकारिक जानकारी दिँदै असारको दोस्रो साता चितवनमा देशभरका प्रतिनिधिहरू भेला हुने निश्चित भएको बताए।
यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नुभएको थियो। तर, केन्द्रीय समितिको विस्तृत छलफल र आन्तरिक व्यवस्थापनलाई मध्यनजर गर्दै एक दिन पछि सारेर ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको हो।
पार्टीले यसअघि नै चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक लक्ष्य लिएको थियो, जसअनुसार भदौभित्र प्रक्रिया टुङ्ग्याउनुपर्ने दायित्व रास्वपामाथि थियो।
२०७९ सालमा गठन भएको छोटो समयमै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित रास्वपाका लागि यो पहिलो महाधिवेशन निकै महत्वपूर्ण मानिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईं २५ दिनसम्म प्रहरी हिरासतमा बस्ने
काठमाडौँ । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।
<...परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्...
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब...
रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन पार्टीका नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अनुपस्थित रहेका छन् । ललित...
दाइजोसहितको विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा
काठमाडौँ । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने कुनै पनि विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह’ उल्लेख नभएकोप्रति उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी ह...
प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी : आग्रहप्रेरित कटाक्ष गरेर तरंगित नबनाउनूस्
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका अर्का नेता प्रदीप ज्ञवालीलाई आग्रह प्रेरित कटाक्ष नगर्न चेतावनी दिएका छन् । हालै सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा पराजित नेता पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक...



