बागलुङका बगानमा पाके सुन्तला, किसानले पाएनन् उचित मूल्य
बागलुङ । बागलुङका ग्रामीण क्षेत्रका सुन्तला बगान यतिबेला पहेँलै भएका छन् । तर, सुन्तला पाकेर बगान राम्रो देखिए पनि किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन्। व्यापारीहरू बगानमै आएर सुन्तला खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरूले बताए ।
काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट सुन्तला उत्पादनका लागि प्रसिद्ध क्षेत्र हुन्। सहरमा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट ४० देखि ५० रुपैयाँमै लैजाने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताए। व्यापारीका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ छ ।
लाखौँको सुन्तला उत्पादन गर्दै आएका खड्काले उत्पादनलाई सही रूपमा बजारीकरण गर्ने वातावरण नहुँदा समस्या भएको बताए। उनले भने, उत्पादनअनुसारको मूल्य पाउने हो भने किसानको जीवनस्तर माथि उठ्थ्यो, तर व्यापारीले साउनभदौमै आएर बगान ठेक्का लिन्छन्, हामीले सस्तोमा दिनुपर्छ। अर्का किसान हरिप्रसाद कँडेलले पनि व्यापारीले अस्वाभाविक नाफा लिँदा किसान र उपभोक्ता ठगिएको बताए। किसानबाट ८० रुपैयाँमा किनेर बजारमा १०० रुपैयाँसम्ममा बेच्ने व्यवस्था भए दुवै पक्षलाई राहत हुने उनको सुझाव छ।
एक्सप्रेस
सम्बन्धित खबर
सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने
सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ...
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा...
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात...
शनिबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



