युरो र पाउन्डको मूल्य घट्यो, अस्ट्रेलियन डलर र बहराइन दिनार महँगिए
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा महँगिएका छन्। तर युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६४ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५३ र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८८ र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७१ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८४ रुपैयाँ थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए, विप्रेषणमा ३५.४ प्रतिशतको वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन असोजमा विप्रेषण रेमिट्यान्स आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बर...
तातोपानी र रसुवागढी खुलेपछि कोरलानाकाको कारोबार घट्यो
मुस्ताङ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार हाल कोरलानाकाबाट आउने मालवाहक कन्टेनर निकै कम भएका छन् र जाँचपासका लागि ८–...
अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट...
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
काठमाण्डौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको...
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएको कुल शेयरमध्य...
बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



