सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प
बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पले धक्का बाजुरामा पनि पुगेको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसूस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...
तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको न...
कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु
काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।
पछि...
पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ। निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघक...
आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन
काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस...
प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !
काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...



