विद्युत् प्राधिकरणले शहीदपरिवारका थप आठ जनालाई रोजगार दिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा शहीदभएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समिति बैठकले थप आठ शहीदपरिवारलाई रोजगार दिने निर्णय गरेको हो ।
जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र खण्ड ७५, अतिरिक्ताङ ३२, कात्तिक १७ गते, २०८२ सालमा भएको व्यवस्थाअनुसार छुट भएका आठ जना शहीदपरिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
ओरालो लाग्यो सुनको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो । नेपाल सुनचाँदी व्यवसायी मह...
साताभर ३७.६३ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ३७.६३ अंकले घटेर २६७१.०७ विन्दुमा आईपुगेको छ । गत साता २७०८.७० विन्दुमा बन्द भएको नेप्से यो साता ३७।६३ अंक घटेर २६७१.०७ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमा चार कारोबार दिन नेप्से...
चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे
काठमाडौँ । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...
नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...



