बुधबार, ३१ असार २०८३
नेपाली

निर्वाचन आयोगले सुरु गर्‍यो समानुपातिक बन्द सूची संकलन

Main News Image

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्द सूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे।

पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए(नभएको, उम्मेदवारको योग्यता र सूचीको संरचना जाँच गरिने आयोगले जनाएको छ।

छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउने अवसर दिइनेछ। त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म पुनः परीक्षण गरी माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिनेछ। अन्ततः माघ २० गते समानुपातिकतर्फको अन्तिम बन्द सूची प्रकाशन गरिने आयोगको कार्यतालिका छ।

यस निर्वाचनमा समानुपातिक प्रणालीमार्फत भाग लिन १०० वटा राजनीतिक दल दर्ता भएका छन्। ती दलहरूले ९३ वटा निर्वाचन चिह्न प्रयोग गर्दै प्रतिस्पर्धा गर्नेछन् । आयोगले दर्ता भएका दलहरूलाई मात्र बन्द सूची पेस गर्न पाउने व्यवस्था लागू गरेको जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सभामुख अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन् । यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ ।

बैठकको मुख्य एज...

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डीपीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्य...

जेष्ठ सदस्य केसीले नवनिर्वाचित सांसदलाई शपथ खुवाउने

काठमाडौँ । नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अन्य सांसदहरूलाई शपथ खुवाउने भएका छन् । ७८ वर्षीय केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १२ गते दिउँसो शपथ ग्रहण गरेपछि अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगाम...

कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३० को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख आगा...

गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका ह...