बालेन र महेश बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार छन् । उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ।
बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सार्वजनिक बहसको प्रस्ताव अस्वीकृत गर्दा प्रयोग गरेको भाषा निर्वाचन आचारसंहिताविपरित भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
एमाले सचिव महेश बस्नेतविरूद्ध पनि अभिव्यक्तिलाई लिएर उजुरी परेको हो । उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ । एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। बालेनले भाषणमा ‘छौरा’ शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गतल अर्थ लगाएपछि आलोचनासमेत भएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ ३ बमोजिम संसद्को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पद...
झापा-५ मा ओलीसँग करिब ५० हजार मतान्तरले बालेन निर्वाचित
काठमाण्डौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्...
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...
ओलीसँग पोखरेलको प्रतिश्पर्धा निश्चित
काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीबार सचिवालय बैठकमा उनले आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा जानकार...
मिटर ब्याजसम्बन्धी उजुरी लिने संयन्त्र पुनः क्रियाशील पार्ने निर्णय
काठमाडौँ । सरकारले मिटर ब्याजसम्बन्धी गुनासो सुन्ने र उजुरी लिने जिल्लास्तरीय संयन्त्रलाई पुनः क्रियाशील बनाउन परिपत्र गरेको छ । गृह मन्त्रालयले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी गुनासा सुन्न र उजुरी लिन जिल्लास्तरीय सं...
एमालेका ३ चर्चित नेता : केन्द्रीय सदस्यमा पनि पराजित
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेकपा एमालेको ११औँ महाधिवेशनमा ३ चर्चित नेताहरू पदाधिकारीसँगै केन्द्रीय सदस्यमा पराजित भएका छन् । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे पराजित भए । उनी केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन् ।...


