सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
काठमाडौँ । सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीको एक विज्ञप्तिमा १४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको उल्लेख छ । मृतकहरूको उमेर १० देखि ८७ वर्षका बिचमा रहेको र आक्रमणकारीमध्ये एक जना पनि समावेश छन् । घाइते भएका ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ । न्यू साउथ वेल्स प्रहरी बलका आयुक्त माल लान्योनले पत्रकार सम्मेलनमा दुई जना कथित बन्दुकधारी ५० वर्षीय पुरुष र उनका २४ वर्षीय छोरा रहेको बताए ।
घटनास्थलमै मारिएका ५० वर्षीय व्यक्तिले कानुनी रूपमा ६ वटा बन्दुक बोकेका लाइसेन्स प्राप्त बन्दुकधारी भएको ल्यान्योनले बताए । यो १९९६ मा तस्मानिया टापु राज्यको पोर्ट आर्थरमा ३५ जनाको मृत्यु भएपछि अीट्रेलियाको सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...
इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी
काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक प्रयासपछि इरानी पक्षले रिहा गरेको हो । घटनाको पृष्ठभूमि उदयपुरको...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...
थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिनुभएको छ । उहाँले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको...
ट्रम्पले आफूलाई गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा !
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् र त्यसको क्याप्शनमा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति उल्लेख गरिएको छ ।
जनवरी...


