साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को चार आना, दुई पैसा एक दाम भएको जग्गा र सो जग्गामा बनेको भवन कामपालाइई प्रयोग गर्न दिने गरी सहमति दिएको हो ।
समरजङ्ग कम्पनीका नाममा रहेको उक्त जग्गा निर्मित भवनमा वडा कार्यालय राख्न कामपाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नुपर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग कामपाले सहमतिका लागि माग गरेको हो ।
निर्णयका बारेमा कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...
थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न न...
सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...
जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार
काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...



