कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौँ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको छ ।
यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट इआरपीए अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवर्द्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।
बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्य...
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार...
बञ्चरेडाँडाको अवरोध हटेपछि कुलमानले दिए धन्यवाद
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयले गर्दै आएको अवरोध हटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्था...
ललितपुरका सडक फूलले सजाइने
ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।
ललितपुर महानगरप...
कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु
काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।
पछि...
मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु
काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।
यात्राक चौथो दिन...



