मुलुक निर्वाचनतर्फ अघि बढ्यो : मन्त्री खरेल
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।
उनले भने,‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’
उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । शुक्रबार काठमाडौँ ३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्। शाहले आफूखुसी थर परिवर्तन गरेका...
मन्त्रालयका सबै कार्यक्रम अब आफ्नै सभाहलमा मात्र हुने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी खर्चलाई मितव्ययी र पारदर्शी बनाउन नयाँ नियम लागू गरेको छ । मन्त्रालय मातहतका सबै कार्यालय, आयोग, प्राधिकरण र विभागहरूले अब आफ्ना औपचारिक कार्यक्रमहरू होटल वा रिसोर्टमा गर्न पाउने...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन् । यसअघि बागलुङ जिल्लाको क्षेत्र नं २ बाट प्रत्यक्ष चुनाव जितेका केसी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनेका हुन् । जन...
गोकुलको टिकट पनि ओलीको ‘होल्ड’मा
काभ्रे । यसअघिको निर्वाचनमा गठबन्धन विरुद्ध ४५ हजार ३४५ मत ल्याएर काभ्रे–२ बाट प्रतिनिधिसभामा विजयी हुने गोकुल बाँस्कोटाको टिकट पनि अध्यक्ष केपी शर्मा ओलीले होल्डमा राखेका छन् ।
एमालेले १६५ नर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम...
कांग्रेसले उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।बिहीबार भएको उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट रुवीकुमारी उम्मेदवार बनेकी छन् ।
...राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्...


