बिहिबार, ३२ असार २०८३
नेपाली

कांग्रेस विभाजनले एमालेमा भूकम्प, गुण्डु रातभर अनिदो

Main News Image

काठमाडौँ । देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस विभाजनले अर्को प्रमुख दल नेपाली कांग्रेसमा हलचल मच्चिएको छ । कांग्रेसमा आफूनिकट पक्षले आधिकारिकता पाउने आशा र विश्वासमा बसेको एमाले नेतृत्व आफूले चाहेअनुसारको परिणाम नआएपछि गएराती निदाउन सकेन ।

कांग्रेसको पुरानो नेतृत्वले आधिकारिकता पाउने र आगामी प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गरेरसमेत जान सकिने तानाबाना बुनेको एमाले नेतृत्व निर्वाचन आयोगले हिजो गरेको निर्णयबाट झस्किएको छ । हिजो एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेसमा महाधिवेशन बोलाउने थिति होला नि रु’ भन्दै प्रशन गर्नु र कांग्रेसको नयाँ नेतृत्वलाई ‘सडकबाट घोषणा गरिएको’ टिप्पणी गर्नुबाट एमालेको नियत र चाहना प्रष्ट झल्लिन्थ्यो ।

कांग्रेसको नयाँ नेतृत्वले मान्यता पाएपछि सघन छलफलमा जुटेको एमालेको अघोषित हेडक्वार्टर गुण्डु हिजो राती १ बजेसम्म अनिदो बस्यो । प्रत्यक्षतर्फका एमाले उम्मेदवार तय गर्न आज सचिवालय बैठक बोलाएको एमाले हिजो अचानक सम्भावित सहकार्यको सम्भावना टुटेपछि छलफलमा जुटेको हो ।

mediabaaji add

सम्बन्धित खबर

सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि...

बालेनसँग हारेपछि लौरो चिन्ह लिएरै दोस्रो भएका सुमन सायमी प्रचण्डको पार्टीमा

काठमाडौँ । अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएका र प्रतिनिधि सभामा काठमाडौं ८ मा दोस्रो भएका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचनके केही समयअघि उनी नेकपामा जान लागेका हुन् । 

सायमी...

शंकर पोखरेलको दाबी : ओलीले लोडसेडिङ मुक्त गरे, कुलमानले जस लिन खोजे

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई लोडसेडिङ मुक्त गर्ने काम केपी ओलीले गरेको बताएका छन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै उनले लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना ए...

कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३० को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख आगा...

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...

वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन

काठमाण्डौँ । विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण...