परिवर्तनबारे मतदातालाई बुझाउन नसक्दा चुनाव जित्न नसकेको कांग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ । प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामका विषयमा केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै उनले विगतमा नेपाली कांग्रेसको लामो राजनीतिक पृष्ठभूमिमा पार्टीको वैचारिक प्रभाव बलियो रहे पनि अहिले त्यस क्षेत्रमा कमजोर भएको सन्देश देखिएको बताए ।
उनले भने, ‘हिजोका दिनमा लामो राजनीतिक पृष्ठभूमीमा नेपाली कांग्रेसको जुन वैचारिक एकाधिकार भएका क्षेत्रहरु थिए। तर अहिले ति क्षेत्रहरुमा अब दखल परेको हो की धक्का लागेको हो कि भन्ने सन्देश पनि आउँछ ।’ चालिसेले पछिल्लो चुनावले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनका लागि जनताले मतदान गरेको स्पष्ट पारे । उनले परिवर्तन विद्रोह वा हिंसाबाट मात्र होइन, लोकतान्त्रिक प्रक्रियामार्फत मतद्वारा पनि सम्भव हुने मान्यता स्थापित भएको उल्लेख गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी
काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनम...
सभामुख र उपसभामुखको कार्यकाल सकियो
काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्न तोकेको दिन आएसँगै सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो ।
संविधानमा सभामुख र उपसभामुखको का...
कार्यशैली नसुधारे एमाले ‘स्कुटरमा अट्ने सीट’मा सीमित हुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गर्दै कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कार्यशैली सुधार नगरे आगामी चुनावमा नतिजा झनै खस्किने चेतावनी द...
होल्डिङ सेन्टर खाली गराउने सरकारको तयारीबारे विपक्षी दलहरूको विरोध
काठमाण्डौँ । सुकुम्बासी राखिएको होल्डिङ सेन्टर खाली गर्ने सरकारको तयारीमाथि राष्ट्रिय सभामा सांसदहरूले विरोध जनाएका छन् । विपक्षी दलहरू नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदहरुले स्थायी व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न नहुने भन्दै स...
प्रधानमन्त्रीको सचिवालयले भन्यो : नियुक्तिहरूमा अनावश्यक विवाद झिकियो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको जिकिर गरेको छ । चौतर्फी आलोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान विज्ञप्ति जार...
अध्यक्ष ओलीको ४२ बुँदे प्रतिवद्धतामा के छ ?
दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं ५ लाई केन्द्रित ४२ बुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
प्रतिवद्धता पत्रमा मुख्य चार क...



