अझै खुलेन उपत्यकामा बादल, प्रदूषण झन् बढी, बन्यो विश्वकै तेस्रो प्रदूषित सहर
काठमाडौँ । काठमाडौँ उपत्यकामा चार दिनदेखि मौसम खुल्न सकेको छैन । धुम्म मौसमका कारणका चार दिनदेखि घामसमेत लाग्न सकेको छैन । साथै वायु प्रदूषण झन् बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे ।
“लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।” एयर क्वालिटी इन्डेक्स एक्यूआई अनुसार आज बिहान ९ः२० बजेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १९९ पुगेको छ । यससँगै काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।
प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै वातावरणविद् भूषण तुलाधरले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।
एक्सप्रेस
सम्बन्धित खबर
अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल पर...
उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै
काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई...
बाजुरामा १८ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
बाजुरा । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध...
हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै
सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औष...
काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव
काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शी...



