शनिबार, ०२ साउन २०८३
नेपाली

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

Main News Image

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय  किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ ।

संयुक्त निर्देशक समिति जेएसीको १२औँ बैठकमा निर्णय भएको र सोही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबिच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ हस्ताक्षर सम्पन्न भएको छ । 

सोही सम्झौताबमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए। 
त्यसैगरी, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ । ती प्रसारण लाइनमा प्राधिकरणले ‘क्यापासिटी बुकिङ’ गरिएको सहसचिव देवले उल्लेख गरे। 

प्राधिकरणले हालसम्म ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ । कुल १२ हजार ६४६ मेगावाट बराबरको विद्युत् खरिदबिक्रीका लागि आवेदन प्राप्त भएकामध्ये पाँच हजार २३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ । 
विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएको र विद्युत् खरिदबिक्रीका लागि आवेदन दिइएका विद्युत् आयोजनाबाट उत्पादित विद्युत्को बजार सुनिश्चितताका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणको कामलाई प्राथमिकतामा राखिएको मन्त्रालयले स्पष्ट पारेको छ । 

हाल ढल्केवर–मुज्जफरपुर चार सय किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन  सञ्चालन छ । यस्तै, न्यू बुटवल–गोरखपुर किलोभोल्ट क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणाधीन छ । सो प्रसारण लाइन सन् २०२६ मा निर्माण सम्पन्न हुनेछ । 

 

mediabaaji add

सम्बन्धित खबर

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा !

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भार...

हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई जना भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको...

शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आई...

ग्यासको कृत्रिम अभाव र मूल्य वृद्धि रोक्न पसल–पसलमा छापा

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजारमा रहेका विभिन्न ग्यास पसलहरूको छड्के अनुगमन गरेको छ । पछिल्लो समय बजारमा ग्यासको कालोबजारी बढेको जनगुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी...

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।

नगर उप...

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ । एजेन्सीद्वारा आइतबार ज...