शनिबार, ०२ साउन २०८३
नेपाली

कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

Main News Image

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ । केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा ४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो । घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए ।

उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर(१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो । त्यसपछि घटनाको अनुक्रमलाई टुक्राटुक्रामा विश्लेषण गर्दै केसीले टोलीसहित शंकितलाई नियन्त्रणमा लिए। अनुसन्धानको क्रममा मृतकको शरीर गाडिएको स्थान समेत उनले पहिचान गराएका थिए, जसपछि उत्खनन गरेर शव फेला पारियो र घटनालाई प्रमाणमुखी बनाइयो ।

घटना सार्वजनिक भएपछि पीडित तथा स्थानीय बासिन्दा क्षुब्ध बनेका अवस्थामा प्रतिवादीका घर तथा सम्पत्तिमा तोडफोडको प्रयास समेत देखिएको थियो। तर, केसी नेतृत्वको टोलीले परिस्थितिलाई उग्र बन्न नदिई भिड नियन्त्रणमा लिएको थियो। दुवै पक्षका परिवार सुरक्षित हुनु सबैभन्दा ठूलो दायित्व हो,’ भन्ने उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताए। समाजमा शान्ति–सुरक्षा जोगाउनु र जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्याएको योगदानका कारण प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो...

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...

तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि बढ्ने

रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ । सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि...

नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...

मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका...

महाशिवरात्रिः पशुपतिनाथमा सकियो, लाखौँले गरे दर्शन

काठमाडौँ । जाडो महिना, साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरह्यो । महाशिवरात्रिका अवसरमा आइतबार बेलुकीको यो दृश्य सोमबार बिहानसम्म कायमै रहेको पशुप...