शनिबार, ०२ साउन २०८३
नेपाली

तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि बढ्ने

Main News Image

रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ । सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि बढ्ने भएको छ ।

सो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्। ८ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पीडित पक्ष र प्रशासनबीच क्षतिपूर्ति, उपचार, कानुनी कारबाही तथा खोजीकार्यका विषयमा सहमति नहुँदा मृतकको शव परीक्षण हुन सकेको थिएन। सहमतिपछि अस्पतालमा रहेका शव परीक्षण गरी आफन्तलाई बुझाउने प्रक्रिया सुरु गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रा।लि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा पीडित परिवारका सदस्य सहभागी थिए ।

mediabaaji add

सम्बन्धित खबर

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा...

विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...

च्याउ किसान संघ काठमाडौँको अध्यक्षमा प्रदिप तामाङ सर्वसम्मत

काठमाडौँ , मंसिर ११। च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ...

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम पोखरा–जामुने खण्डमा १८ किमी दुई लेन कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनश...

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध म...