आइतबार, १० साउन २०८३
नेपाली

यस्तो छ तीन चलचित्रको व्यापार

Main News Image

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार गरेको छ। दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले रु दुई करोड ८५ लाख व्यापार गरेको छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल छांयाकनका लागि उत्कृष्ट गन्तब्य, कोरियन निर्देशकले गरे तारिफ

काठमाडौँ । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।

छायांकन समापनपछि पाँचौं पटक नेपाल आ...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...

‘धुरन्धर’ को पटकथा चोरी मुद्दामा आदित्य धरलाई राहत

काठमाण्डौँ । फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धरस् द रिभेन्ज’ मा पटकथा चोरीको आरोपमा फिल्म निर्माता सन्तोष कुमारलाई बम्बई उच्च अदालतले राहत दिएको छ ।  बुधबार अन्तरिम आदेश जारी गर्दै फिल्म ‘धुरन्धर’ र यसको सिक्वेल ‘धुरन्धर, द रिभेन्ज’ मा प...

बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने

काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...

‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्‍यो’ : अभिनेत्री उषा रजक

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...