शुक्रबार, २२ साउन २०८३
नेपाली

बालप्रतिभा सुवाशना खड्का केसी: ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को बलियो दाबेदार

Main News Image

काठमाण्डाैँ । ११ वर्षको उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गरेकी बालप्रतिभा सुवाशना खड्का केसी अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको गौरवपूर्ण यात्रा तय गर्न सफल भएकी छिन्।

बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी प्रतिभाशाली छात्रा तथा सुबास केसी र कञ्चना सिंह केसीकी सुपुत्री सुवाशना वरिष्ठ युवा गायक वाङदेन शेर्पाको टोलीबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

आफ्नो सुमधुर स्वर, भावपूर्ण प्रस्तुति, आत्मविश्वास र मञ्चमा देखिने उत्कृष्ट प्रदर्शनका कारण उनले निर्णायक, प्रशिक्षक र दर्शक सबैको मन जित्दै आएकी छन्।

सानै उमेरदेखि संगीतप्रति गहिरो रुचि राखेकी सुवाशनाले निरन्तर अभ्यास, कडा मेहनत, अनुशासित जीवनशैली, विनम्र व्यवहार, पारिवारिक संस्कार तथा नेपाली मौलिक कला संस्कृतिप्रतिको सम्मानका कारण हजारौं बालप्रतिभामाझ आफूलाई विशिष्ट रूपमा स्थापित गरेकी छन्।

सुवाशनाका अनुसार उनको सफलताको मुख्य आधार निरन्तर अभ्यास, गुरुजनको मार्गदर्शन, परिवारबाट प्राप्त हौसला र प्रेरणा हो। विशेषगरी हजुरबुबाबाट प्राप्त सांगीतिक आशीर्वाद तथा बुबाको गीत संगीतप्रतिको गहिरो लगावले उनको सांगीतिक यात्रालाई अझ प्रेरणादायी बनाएको छ।

उनका बुबाले पनि आफ्ना गीतहरू रेकर्ड गराई सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्नुभएको छ, जसको सकारात्मक प्रभाव सुवाशनाको यात्रामा स्पष्ट रूपमा देख्न सकिन्छ।

‘कसरी म भुलेँ, केमा म भुलेँ’ बोलको गीतलाई अत्यन्तै भावपूर्ण ढंगले प्रस्तुत गर्दै सुवाशनाले दर्शकहरूको अपार माया र खल्ती एपमार्फत प्राप्त भोटका आधारमा सेमिफाइनलमा स्थान सुरक्षित गरिन्। त्यसैगरी अभय सुब्बाको चर्चित गीत ‘हे साइला’ मा दिएको ऊर्जावान, आकर्षक र उत्कृष्ट प्रस्तुतिका लागि उनले ‘Performer of the Day’ को उपाधिसमेत जित्न सफल भइन्। उनका हरेक प्रस्तुति दर्शकका लागि प्रतीक्षित बन्न थालेका छन्, जसले उनको बढ्दो लोकप्रियतालाई स्पष्ट रूपमा प्रमाणित गर्दछ।

उनको पहिलो प्रस्तुतिदेखि नै विभिन्न सांगीतिक कार्यक्रम, स्टेज प्रस्तुति तथा सिर्जनात्मक अवसरहरू प्राप्त हुन थालेका छन्। यद्यपि सुवाशनाको सबैभन्दा ठूलो सपना भने ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को उपाधि जित्दै नेपाली संगीत क्षेत्रमा सम्मानित र दीर्घकालीन पहिचान स्थापित गर्नु हो।

सेमिफाइनल चरणमा पुगेकी सुवाशनाले आफूलाई विजयी बनाउन नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा बुबा, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई खल्ती एपमार्फत भोट गरी साथ, सहयोग र समर्थन गरिदिन हार्दिक अनुरोध गरेकी छिन्। एउटा प्रतिभाशाली बालगायिकाको सपना साकार पार्ने यो महत्वपूर्ण अवसर भएकाले सबै नेपालीले उनलाई माया, हौसला र मतदानमार्फत साथ दिनु आवश्यक छ।

सेमिफाइनलसम्मको प्रेरणादायी यात्राका लागि प्रतिभाशाली बालगायिका सुवाशना खड्का केसीलाई हार्दिक बधाई तथा फाइनल र उपाधि यात्राका लागि हार्दिक शुभकामना।

mediabaaji add

सम्बन्धित खबर

‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्‍यो’ : अभिनेत्री उषा रजक

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श...

सार्वजनिक भए ‘लज्जावती’ का आकर्षक पोस्टर, दर्शकमाझ बढ्दै उत्सुकता

काठमाडौँ । पाँच नयाँ पोस्टरमा फिल्म लज्जावती , आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लज्जावती’ ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रवार एकैसाथ सिनेमाको पाँच पोस्टर सावएजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा फि...

पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद

काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा ख...