रवि लामिछानेको चुनावी कार्यक्रममा रोक
रुपन्देही । सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ । सोमबार रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने मंगलबार नवलपरासी जाने तयारीअनुसार कार्यक्रम तय भएको थियो ।
लामिछाने माघ २७ गते जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिए पनि प्रशासनले सूचना जारी गरी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै कार्यक्रममा रोक लगाएको हो ।
उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए । मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ क...
सर्वोच्चले दिएन रेशमको पक्षमा आदेश, उम्मेदवारी रद्द नै रहने
काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको पक्षमा आदेश दिन अस्वीकार गरेको छ । आफ्नो उम्मेदवारी निर्वाचन आयोगले बदर गरेपछि चौधरीले यसविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
न...
मोहम्मद अफताब आलमको मृत्यु
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ । कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज केएमसीमा रहेका उनको गएराति निधन भएको हो ।
निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्र परिचालित
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्...
पैसा बाँडेको आरोपमा निर्वाचन आयोगले शक्ति बस्नेतलाई स्पष्टीकरण सोध्यो
काठमाण्डौँ । पूर्व गृहमन्त्री तथा जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बस्नेतलाई मतदातालाई पैसा बाँडेको आरोपमा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेक...
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...


