शनिबार, ०२ साउन २०८३
नेपाली

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

Main News Image

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ। मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो। सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता शेयर रु छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए। सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे। सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्‍यो।

त्यस्तै सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो। त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता शेयर रु छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो। झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए। मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो।

मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो। त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता शेयर रु पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो। विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो।

कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार रु २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो। झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए। जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो।

त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो। सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता शेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत रु छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो। वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे। होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो।

mediabaaji add

सम्बन्धित खबर

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल मट्टीतेल प्रतिलिटर १...

ह्वात्तै बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

एसवाई प्यानलको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

<...

फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँम...

बजारमा ३ देखि ४ सय रुपैयाँसम्म चामलको भाउ बढ्यो !

काठमाडौँ । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।

उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात...

सुन तोलामा एकैदिन ७,२०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो !

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा अत्यधिक वृद्धि भएको छ । बिहीबारको तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोलामा एकैचोटि सात हजार दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोलामा एक सय ६५ रुपैयाँले वृद्धि भएको छ। अन्...