बिहिबार, ३२ असार २०८३
नेपाली

आदेखि मतदान केन्द्रमा कर्मचारी परिचालन

Main News Image

१८ फागुन, काठमाडौँ । यही फागुन २१ गते हुने निर्वाचन गराउनको लागि कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरूलाई केन्द्रमा पुग्न परिपत्र गरिसकेको छ । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको समूह पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले सबै कर्मचारीहरूलाई निर्देशन दिइसकेको छ ।


‘सोमबार बेलुकीसम्म सबै ठाउँका मतदान केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीहरूको समूह पुग्नुपर्छ भनेर हामीले यसअघि नै निर्देशन दिइसकेका छौं’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘निर्वाचन सामग्री पुगेर मतदान केन्द्रमा पुग्ने उनीहरूले सोमबार नै केही तयारीका कामहरू समेत गर्नुपर्ने हुन्छ ।’

प्रवक्ता भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टाँस्नु पर्छ । केन्द्रमा पुगेपछि उनीहरुले कुन-कुन ठाउँको मतदान केन्द्र हो भनेर सबैले स्पष्टसँग देख्नेगरी सूचना निकाल्दछन् ।

mediabaaji add

सम्बन्धित खबर

सभामुखमा डिपी अर्याल निर्विरोध

काठमाडौँ । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो । निर्धारित समयमा अर्यालको एक...

सिन्धुपाल्चोक क्षेत्र नं १ मा रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित भएका छन् । उनले २४ हजार ४ सय १२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकप...

प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सोमबार पत्रकार सम्मेलनमार्फत यससम्बन्धी जानकारी दिएका हुन...

प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...

२६ क्षेत्रमा गणना जारी, अधिकांसमा रास्वपाको अग्रता

काठमाडौँ । देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ । विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखि...

एमालेको लडाकु दस्ताले दियो रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी

काठमाडौँ । नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले रास्वपाका शीर्ष नेताले एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाएको र हिजो दाङमा आफ्नो पार्टीको झण्डा समेत...