आइतबार, २१ भदौ २०८३
नेपाली

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

Main News Image

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली संघ एनआरएनएको एक समूहले बोलाएको थियो । 

त्यो समूह आधिकारिक नभएको र उनले फर्जी निमन्त्रणा देखाएर मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत गराएको भन्दै आलोचना भयो । मन्त्री गुप्ताको भ्रमणलाई लिएर एनआरएनए अमेरिकाका दुई समूहले पनि छुट्टाछुट्टै विज्ञप्ति निकाले । एउटा समूहले निम्ता दिएको बतायो भने अर्को समूहले गुप्तालाई कुनै निमन्त्रणा नगरेको दाबी ग¥यो। चौतर्फी दबाबपछि मन्त्री गुप्ताले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका छन् । 

शुक्रबार साँझ उनको सचिवालयले अब मन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने बतायो। चुनावमा उम्मेदवारी दिने तयारीका लागिभ्रमण स्थगित गरेको भने पनि उनले तत्कालै राजीनामा भने नदिने भएका छन् । 


mediabaaji add

सम्बन्धित खबर

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...

बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै

काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...