धितोपत्र बोर्डबाट स्नो रिभर्सले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले माघ १८ गते आइतबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब स्नो रिभर्सले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
प्रचलित नियम अनुसार, कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर छुट्ट्याउने छ। यी दुई समूहलाई सेयर बाँडफाँट गरिसकेपछि मात्र आम सर्वसाधारणका लागि आवेदन खुला हुनेछ । यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।
एक लाख २८ हजारलाई पर्ने सुपर खुदी हाइड्रोको आईपीओ फागुन ५ बाट निष्काशन खुला
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गते सोमबारदेखि १० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि फागुन ४ गतेबाट निष्काशन खुला गर्ने भनिए पनि उक्त मिति एक दिन पछि सारिएको हो । यसअघि आयोजना प्रभावित स्थ...
२७ सयको विन्दुमाथि नेप्से, ११ अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाखको सेयर कारोबार भएको ३१ कम्पनीको सेयर मूल्य घट...
प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन
काठमाडौँ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगह...
गहुँको समर्थन मूल्यप्रति किसान असन्तुष्ट, लागतसमेत नउठ्ने गुनासो
काठमाडौँ । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोके पनि सो मूल्यले उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।
पछिल्लो समय पेट्रोल...



