शनिबार, ०२ साउन २०८३
नेपाली

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न

Main News Image

काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको  आज  छैटौँ  दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा  सचेतनामूलक विविध कार्यक्रम गरेको  छ ।  

आजको कार्यक्रम  अन्तर्गत ७ हजार ९ सय ८७ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, स्कुल कलेजका ६६ जना विद्यार्थीहरुलाई सचेतना, १ हजार ६ सय ३५ जना ट्राफिक स्वयंसेवक परिचालन, १ हजार ५ सय १२ जनालाई रात्रीकालिन विशेष सचेतना, ५ हजार ३ सय १५ जना  दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना कार्यक्रम, २ हजार ७ सय ४७ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३ हजार ६ सय १४ जनालाई यात्रुसँग सचेतनामुलक कार्यक्रम, १५ ओटा ट्राफिक कोण सरसफाई, २ सय ७ जनालाई मस्कट सहित सडक नाटक प्रदर्शन, १ सय ४० जनालाई आरक्षण सिट यात्रु मैत्री व्यवहार, सरसफाई कार्यक्रममा संलग्न १४ जना, सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रममा २ सय ९० जना सहभागी, २१ जना दुर्घटना पिडित घाइतेलाई भेटघाट, १ सय २५ जनालाई आकाशे पुलबाट बाटो काट्न सिकाईएको, ३० जना चालकहरुलाई लागु पदार्थ सेवन गरे नगरेको चेकजाँच,  २३ हजार ७ सय ३ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका  छन् । 

“सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । 

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी  उपरिक्षक नरेश राज सुवेदीले  बताउनु भयो  ।  


mediabaaji add

सम्बन्धित खबर

मलद्वारमा सुन बोकेर बैंककबाट आएका भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९० ग्राम सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको प्रहरीले जनाएको...

बेपत्ता पुष्पाको शव नदि किनारमा फेला

सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन...

१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए । 

शिवरात्रीमा उनले पशुपतिम...

मुगुका गणेश नेपालीको आत्मदाह प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा न...