बिहिबार, २५ भदौ २०८३
नेपाली

छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा सम्मानित गरेको छ । अर्का वरिष्ठ हास्यव्यङ्ग्य कलाकार तथा कवि डम्बर घिमिरेलाई श्रीप्रशन्नमूर्ति फित्कौली सम्मान (२०८२) अर्पण गरियो ।

 

कार्यक्रममा प्रमुख अतिथि डा. माधवप्रसाद पोखरेलले हास्यव्यङ्य पारामै मन्तव्य दिदै हास्यव्यङ्ग्ययले समाज परिवर्तनमा ठुलो मद्दत गर्ने र खासगरी राजनीतिभित्र देखिएको विकृतिलाई नियन्त्रण गर्न सहयोगी भूमिका हुने बताउनु भयो ।

 

भक्तपुरको कोशलटारिस्थत ह्वाइट प्यालेस ब्याङ्केटमा फित्कौलीकाे खित्काैली सभा– ४ आयोजना गरिएको हो । सभामा हास्यव्यङ्ग्य क्षेत्रमा लेखन र कलाका माध्यमबाट योगदान गर्नु हुने छ जना स्रस्टाहरूलाई सम्मान गरिएको हाे ।

 

२०८२ का लागि ‘गोविन्द–विजया–फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य प्रतिभा पुरस्कार’ माणिकरत्न शाक्य (काठमाडौं)लाई र ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य निबन्ध पुरस्कार’ पोखराका हास्यव्यङ्ग्यकार शेषराज भट्टराईलाई समर्पण गरियो ।

 

त्यसैगरी २०८२ को ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ छन्दका व्यङ्ग्यकवि डिल्लीप्रसाद मूलतिहुुन (ओखलढुङ्गा) र ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुुढ्यौली साहित्य पुरस्कार’ बुढ्यौली विषयक साहित्य सिर्जनामा सक्रिय कविराज घिमिरे (भक्तपुर) लाई समर्पण गरिएको थियो ।

 

श्रीप्रशन्नमूर्ति फित्कौली सम्मानद्वारा सम्मानित डम्बरलाई सम्मानपत्र, नेपाली ढाकाटोपी र दोसल्ला अर्पण गरियाे भने हास्यव्यङ्ग्यकार आचार्यलाई नगद रु. २०,१०५।–, सम्मानपत्र र दोसल्ला अर्पण गरियो । अन्य पुरस्कृत हास्यव्यङ्ग्यकार व्यक्तित्वहरू शाक्य, भट्टराई, मूलतिहुन र घिमिरेलाई जनही नगद रु १५,१०५।–, सम्मानपत्र र ढाकाटोपी समर्पण गरिएको थियो ।

 

फित्कौली अनलाइन मिडियामार्फत स्थापित र व्यवस्थित यी सम्मान र पुरस्कारद्वारा यस वर्ष सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयनका लागि चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे एवम् प्रा.डा. मुकेशकुमार चालिसे रहनु भएको छनोट समितिले छनोट गरेको थियो ।

 

सम्मान तथा पुरस्कार समर्पण समारोहमा डा. रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको परिचय दिनु भएको थियो ।

 

वरिष्ठ हास्यव्यङ्ग्य लेखक नरेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा हास्यव्यङ्ग्यका तीन कृतिहरू समेत सार्वजनिक गरियो । देवीप्रसाद चापागाईंको बक्रपुराण, भलाद्मी भोलाको घोप्टेयुग र रमेश समर्थनको बदनाम आँचल सार्वजिनक गरिएको थियो ।

 

सार्वजनिक गरिएका चपागाईंको बक्रपुराण माथि डा. हरिप्रसाद सिलवालले समीक्षा गर्नु भएको थियो भने भलादमी भोलाको घोप्टेयुगको समीक्षा नवराज खतिवडाले गर्नुभएको थियो ।

 

कार्यक्रममा रोहित दाहाल, पार्वती दाहाल र टङ्क दाहालले मेरा बा शीर्षकको हास्यात्मक प्रहसन, सुबोध गौतम, धीरेन्द्र प्रेमर्षि र रणबहादुर बुढाथोकीले हास्यव्यङ्ग्य प्रस्तुती मनोरञ्जक थिए । कार्यक्रममा विश्वनाथ ढुङ्गेल (नुन बाजे), सीताराम गुरुङ, थरेन्द्र बराल लगायतका गायक कलाकारहरूले आआफ्नो प्रस्तुती दिएका थिए ।

 

आरम्भमा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले स्वागत मन्तव्य दिँदै हास्यव्यङ्ग्यको प्रवर्धन र उन्नयनका लागि फित्कौलीले २०८० को दशकलाई नेपाली हास्यव्यङ्ग्यको पुनरर्जागरण दशक बनाउने घोषणा गरेको बताउनु भएको थियो ।

 

नेपाली हास्यव्यङ्ग्य लेखन र प्रकाशनलाई प्रोत्साहित एवम् प्रेरित गर्दै आएको फित्कौलीले यसअघि हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मा, आर.सी रिजाल, गायत्री लम्साल, महेश थापा, काशीनाथ मिश्रित, खगेन्द्र नेउपाने, सुभाषचन्द्र देवकोटा, देवीप्रसाद चापागाइँ, रामशरण न्यौपाने, दीनानाथ पोखरेल र कार्टुनिष्ट राजेश मानन्धरलाई सम्मानित गरिसकेको छ भने १५ वटा हास्यव्यङ्ग्य कृतिहरू प्रकाशित गरिसकेको छ ।

 

राजेश मानन्धरका हास्यव्यङ्ग्यले भरिपूर्ण कार्टुनहरूको प्रदर्शनी समावेश उक्त समारोहमा पुरस्कार अक्षकोष दाता चट्याङ मास्टर, विजया गजुरेल, जनक चालिसे, डा. मुकेश चालिसे, सिस्नुपानी अध्यक्ष लक्ष्मण गाम्नागे, लगायतको आतिथ्य र युगल बसेल, हरिकला उप्रेती, रामशरण न्यौपाने, राममणि ढुङ्गेल, गोपीचन्द्र कार्की, सालिकराम दाहाल, विके मकाजु, कृष्णप्रसाद पाैडेल, दीनानाथ पाेखरेल, भूप धमला, अमर अधिकारी, गणेशबहादुर पहरीसहित झण्डै तीन सय जति हास्यव्यङ्ग्य प्रेमीहरूको सहभागिता रहेको थियो ।

 

फित्कौलीको यो हास्यव्यङ्ग्य अभियान अत्यन्त सार्थक, प्रभावकारी र हामी सबैले सराहना गर्नु पर्ने बताउँदै नरेन्द्रराज पौडेलद्वारा बिसर्जन गरिएको समारोहलाई अनिल पौडेलले सञ्चालन गर्नुभएको थियो ।

 

जलपानका रुपमा नेपाली माटोमा फलाइएका तरुल, सकरखण्ड, आलु, स्कूस र फर्सीका परिकारहरूसँगै टिम्बुरको छोप समावेश गरिएको थियो, जसलाई धेरैले नौलो र स्वादिस्ट मान्दै ग्रहण गरेका थिए ।

 

माधव पोखरेल गोज्याङ्ग्रे

mediabaaji add

सम्बन्धित खबर

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...

जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...

संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार

काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र...

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्...

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे।       ...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।

परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...