आइतबार, २१ भदौ २०८३
नेपाली

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार

Main News Image

वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं। १ छप्कैयाका ३८ वर्षीय दिपराज सहनी मलाह, वडा नं १० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, पर्साको विन्दवासिनी गाउँपालिका ५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह , भारत विहार मोतिहारी रक्सौलका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय प्रितमकुमार चौधरी छन् ।

गत माघ २६ गते बिहान वीरगन्ज आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा भण्डारन गरिएको अबैध सामान नियन्त्रणमा लिन भएका सशस्त्र प्रहरी बल, वीरगन्ज भन्सार कार्यालयका प्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गरेको अभियोगमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

म्यादी प्रहरी भर्ना सुरु, युवाको चासो बढ्यो

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सकिने गरी १ लाख ३३ हजार ९ सय ८० म्यादी प्रहरी माग गरिएको छ । 

पहिलो दिनमै फारम भर्न युवाको उल्लेख्य उ...

रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने नेपाली ब्रो भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या ग...

दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...