गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक
काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गर्नु भएको हो ।
उक्त समारोहमा बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, सङ्गीतकार जुगल डंगोल, सङ्गीतकार भुपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, सङ्गीतकार मनराजा नकर्मी, सञ्चारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधव राज खरेल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
नेपाली भाषातर्फ तिम्रो याद एल्बममा पाँच वटा गीतहरू समावेश गरिएको छ । जसमा, गीतकार दिनेश अधिकारीको शब्द, सङ्गीतकार राजु सिंह संगीत तथा फिरोज बज्राचार्यको संगीत संयोजन रहेको तिम्रो मात मीठो बोलको गीत देखी लिएर डब्बु क्षेत्रीको शब्द , जुगल डंगोलको संगीत, संयोजन रहेको अनायासै तिम्रो याद गीत पनि उक्त एल्बममा समावेश गरिएको छ ।
अनायसै तिम्रो याद गीतमा भने सानुबाबुलाई गायनमा गायिका निशा देशारले पनि साथ दिनु भएको छ । त्यस्तै गरी श्रीपुरुष ढकालको शब्द तथा भूपेन्द्र रायमाझीका संगीत, संयोजन संयोजन रहेको धेरै धेरै माया दिएर बोलको गीत पनि उक्त एल्बममा समावेश गरिएको छ । उक्त एल्बममा अमरराज शर्मा राजोपाध्यायको शब्द, संगीत र जुगल डंगोल संगीत संयोजन रहेको गीत कसैले त रक्सी भन्छन् र जुगल डंगोलको शब्द, संगीत तथा संगीत संयोजन रहेको यस्तै हो कि माया भन्नु बोलको गीत समेत समावेश गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल ‘म त मर्छु क्या हो’
काठमाण्डौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या...
भारतीय अभिनेता प्रदीप रावत रहेनन्
काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हो । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनको निधन भएको भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।
गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...
फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !
काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रम...



