आइतबार, १० साउन २०८३
नेपाली

झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै

Main News Image

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनीहरूको मृत्यु झाडा पखालापछि भएको डिहाइड्रेसनका कारण भएको प्रारम्भिक आशंका गरिएको छ । अस्पताल ल्याउँदा नै दुवै बालक अचेत अवस्थामा रहेका थिए।

उनीहरूका ३ वर्षीय भाइ दिपेश र २८ वर्षीया आमा राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । तीनै जना गम्भीर अवस्थाका बिरामी रहेको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमासहित तीन बालबालिकालाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो। अस्पताल पुर्‍याउँदा दुई दाजुभाइ अचेत अवस्थामा रहेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

कुलमान–रवि वान–टु–वान भेट, पार्टी समायोजनमा छलफल

काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग पार्टी समायोजनका विषयमा वान–टु–वान भेटवार्ता गरेका छन् । भेटमा सम्मानजनक एकता, केन्द्रीय समितिको हिस्सेदारी र उम्मेदवारीबारे छलफल भएको बुझिएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्ध...

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

घरजग्गा कारोबारबाट माघमा उठ्यो पाँच अर्ब राजस्व

काठमाण्डौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...