शुक्रबार, ०१ साउन २०८३
नेपाली

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता

Main News Image

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।

उक्त जहाजमा सवार सञ्चारकर्मी रोयल आचार्यका अनुसार राति जहाज काठमाडौँ फर्किएपछि विमानस्थलमा केहीबेर यात्रुहरूले असन्तुष्टि जनाएका थिए। आइतबार राति ९ः४५ बजे काठमाडौँबाट उडेको उक्त जहाजले धनगढी विमानस्थलमा अवतरणका लागि पटक(पटक प्रयास गरेको थियो। तर, अवतरण सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ नै फिर्ता भएको हो।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम उपलब्ध गराइने र धनगढी जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानबाट पठाइने जानकारी दिए। जहाजमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार थिए।

mediabaaji add

सम्बन्धित खबर

स्वयम्भू, बालाजु र देवीनगरका सुकुम्बासी वस्ती हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदैछ...

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भ...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाध...

मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर...

काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा...

अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४...