शुक्रबार, ०१ साउन २०८३
नेपाली

नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्

Main News Image

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरूमा प्रति परिवार २२ केजीका दरले नुन वितरण गर्ने व्यवस्था मिलाएको हो ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार नुन प्राप्त गर्नका लागि सेवाग्राहीले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ । वडा नम्बर ३, ४, ५ र ६ का बासिन्दाहरूले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन सक्नेछन् भने वडा नम्बर १ र २ का नागरिकहरूका लागि सिम बजारबाट नुन वितरण गर्ने प्रबन्ध मिलाइएको छ ।

पालिकाले भिडभाड कम गर्न र व्यवस्थापन सहज बनाउन वडागत रूपमा समय तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार आज पुस १० गते वडा नम्बर ४ र ५, भोलि पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का स्थानीयलाई नुन वितरण गरिनेछ । दुर्गम क्षेत्रका नागरिकलाई सस्तो र सुलभ मूल्यमा आयोडिनयुक्त नुन उपलब्ध गराउने पालिकाको यस कार्यले स्थानीय बासिन्दालाई राहत पुग्ने विश्वास गरिएको छ । 

mediabaaji add

सम्बन्धित खबर

आज किराँत समुदायका उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक त...

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनह...

भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका...

नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन

काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्त्वपूर्ण मानिएको छ । यस चरालाई प...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...