देउवालाई ‘सुवर्ण शमशेर पथ’ पछ्याउन शर्माको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशनका लागि दुईवटा विकल्प रहेको बताएका छन् । जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएका इलामका कांग्रेस कार्यालयहरूको अवलोकनपछि आयोजित कार्यक्रममा उनले महाधिवेशन सम्भव छ भन्दै दुवै विकल्प कार्यान्वयनयोग्य रहेको स्पष्ट पारे ।
शर्माले भने, ‘समय घर्किँदै गयो, अब नियमित महाधिवेशन सम्भव हुन्छ रु तपाईं साथीहरूको जिज्ञासामा म प्रष्ट छु । सबै ऐक्यबद्ध भएर जुटौं, महाधिवेशन सम्भव छ, विकल्प दुईवटा छन् ।’
उनका अनुसार पहिलो विकल्प( पुस अन्तिम सातामा नियमित महाधिवेशन गर्ने गरी तत्कालै कार्यतालिका निर्माण गर्नु । तयारीको क्रममा केही दिन अपुग भएमा थप १५ दिन लिएर महाधिवेशन सम्पन्न गर्न सकिने उनले बताए । ‘समानुपातिकको सूची बुझाउने मिति वा फागुन २१ गतेको चुनाव केही पछि सर्न सक्ने सम्भावनालाई शान्त वातावरणको आवश्यकता र हिमाली भेगको मौसमी चुनौतीका आधारमा राजनीतिक सहमतिबाट हल खोज्न सकिन्छ,’ शर्माले भने ।
शर्माले दोस्रो विकल्पका रूपमा २०१४ सालमा तत्कालीन सभापति सुवर्ण शमशेरले गरेको निर्णय जस्तै सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन बोलाउने बाटोलाई व्याख्या गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट
काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ पानले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ । सो एसोसिएसनका अध्यक्ष सुदामप्रस...
भारतीय सीमा अतिक्रमणको विरोधमा माइतीघरमा माओवादीको प्रदर्शन
काठमाडौँ । नेकपा माओवादीले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल एसएसबीको हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्...
आज सङ्घीय संसद् सेवा दिवस
काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज सङ्घीय संसद् सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थिय...
नेपाली सेनाको सहयोगमा सामाजिक सञ्जाल अनुगमन हुने
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गर्ने जनाएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताबारे भएको छलफलमा सामाजिक सञ्जाल अनुगमनको व्यवस्था जानकारी गराएका हुन् ।
<...रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड...



